२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

प्रतिनिधि सभा विघटन मुद्दामा आजको सुनुवाइ सुरु

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१४ असार । प्रतिनिधि सभा विघटन मुद्दामा आज सोमबारको बहस सुरु भएको छ। महान्यायाधिवक्ता रमेश बडालले बहसको थालनी गरेका छन्। उनले तीन घण्टा बहस गर्ने तय भएको छ।

मुद्दामा आजदेखि विपक्षीको तर्फबाट बहस सुरु भएको हो। महान्यायाधिवक्ता बडालपछि विपक्षीका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि बहस गर्नेछन्।

बहसको लागि सरकारी पक्षलाई १५ घण्टा समय दिइएको छ। बुधबारदेखि सुरु भएको बहसमा निवेदक पक्षका वकिलहरुले बहुमत सांसद पक्षमा रहेको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने भनेर आदेश दिन माग गरेका छन्।

वैकल्पिक सरकार गठनको सम्भावना रहेकोले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको उनीहरुको तर्क छ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपति कार्यालयमा पेस गरिएको प्रस्ताव तथा सर्वोच्च अदालतमा रिट दर्ता गरेका विघटित प्रतिनिधि सभाका एक सय ४६ सांसदलाई पनि वैकल्पिक सरकार गठनको आधारका रुपमा उल्लेख गरेका छन्।

बहसमा उत्रिएका कानुन व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत प्रश्न उठाएका थिए। निवेदकका तर्फबाट ३६ जना वकिलले बहस गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]