२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

मधेश भवनमा मधेशी सहिदको तस्विर पचेन् ,कांग्रेसका नेताहरुको तस्विर लगाए

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ असार । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको तस्बिर राखेका छन् ।

काँग्रेसको तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आफ्नो कार्यकक्षमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीको फोटोसमेत नराखेर काँग्रेसकै नेताहरूको फोटो राखेका छन् । मन्त्री यादवले आफ्नो कार्यकक्षमा बस्ने कुर्सीमाथि विपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्रसहितका तस्बिर राखेका छन् । जबकि यसअघि सो स्थानमा मधेस आन्दोलनका सहिदको तस्बिर थियो ।

मन्त्री यादवका स्वकीय सचिव धीरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलादेखि नै नरहेको बताए । उनले पहिलेदेखि नै रहेका मधेस आन्दोलन तथा जनआन्दोलनका सहिदहरूको तस्बिर नहटाएको दाबीसमेत गरे । उनले भने, ‘सहिदका तस्बिरलाई अर्कोतिर सारिएको छ, हटाएका होइनौँ । बरु ४ वटा तस्बिर थप गरेका छौँ ।’

उनले मन्त्रालयलाई व्यवस्थित र चिटिक्क बनाउनका लागि मुलुकमा परिवर्तन तथा आन्दोलनकारी नेताहरूको तस्बिर भित्तामा सजाइएको बताए । उनले भने, ‘उहाँहरूको योगदान मधेसको विकासमा रहेकाले सम्मानस्वरुप तस्बिर राखिएको हो, सहिदको तस्बिरलाई अर्कोतर्फ राखिएको छ भने मन्त्रीजीको कुर्सीभन्दा माथि बिपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र सहिद दुर्गानन्द झाको फोटो राखिएको छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलादेखि नै मन्त्रालयमा नरहेको बताउँदै उनले आफूहरूले दुवैको तस्बिर राख्ने तयारी गरेको जानकारी दिए ।

यस अघिका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने मधेस आन्दोलन तथा जनआन्दोलनका सहिदहरूको तस्बिर राखेका थिए । प्रायः मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने परम्परा छ । अन्य देशहरूमा समेत मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ ।

डा। रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेसका भ्रातृसंगठन नेपाल विद्यार्थी संघले पनि विभिन्न सरकारी कार्यालयमा राष्ट्रपतिको तस्बिर राख्नुपर्ने अभियान नै सञ्चालन गरेको थियो । तर अहिले काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा काँग्रेससम्बद्ध नेताहरूका तस्बिर राखे पनि राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको तस्बिरलाई भने बेवास्ता गरेको छ ।

मन्त्री यादवले मधेस तथा जनआन्दोलनका सहिदको तस्बिर हटाएकोमा मधेस आन्दोलनकारी सरोज मिश्रले आलोचना गरेका छन् । उनले मधेस तथा जनआन्दोलनमा भएका सहिदहरूले गर्दा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीले सहिदकै अपमान गरेको बताए ।

सत्तारुढ जसपाभित्र कलह बढ्दै जाँदा मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीनजना राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । लगत्तै उनले काँग्रेसलाई ३ वटा मन्त्रालय दिइ सरकारमा सहभागी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]