०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मानव बेचबिखनविरुद्ध एकमहिने अभियान

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ असार । मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले एक महिने अभियान थालेको छ । बेचविखन रोक्न तथा बेचविखनमा परेकाहरुलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरुआत गरिएको हो ।

भर्चुअल माध्यमबाट आज एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरु गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिनुभयो । छलफलमा देशभरीबाट एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो । मानव बेचबिखन न्यूनीकरण गर्न युवाको विशेष भूमिका हुने भन्दै उनीहरुलाई सचेत गराउन जरुरी रहेको सुनारले बताउनुभयो । छलफल र तालिमका माध्यमबाट युवामार्फत समाजमा सकारात्मक सन्देश जाने उहाँको भनाइ छ ।

सचेतना अभियानलाई फरक र प्रभावकारी ढङ्गबाट गर्न खोजिएको स्कलर्स स्पेसका मुख्य बजार अधिकृत धिरज पौडेलले जानकारी दिनुभयो । एक महिने अभियानका क्रममा मानव बेचबिखन विरुद्ध जागरुकता फैलाउनका लागि समाजमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्तिहरुसित अन्तरक्रिया तथा समूहमा छलफल गरिने उहाँले बताउनुभयो ।

समाजलाई केही दिनुपर्छ भन्ने उद्देश्यका साथ युवाहरुको समूहले अभियान थालेका हुन् ।

तालिममा सहभागीबाट सङ्कलन भएको रकम आगामी साउन १५ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका दिन माईती नेपाललाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी माइती नेपालकी सजनी जोशीले स्कलर्स स्पेसको अभियानमा माइती नेपालको साथ रहने र मानव बेचविखन अन्त्य गर्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता पर्छ भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]