२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नगरप्रमुखद्धय साह र कुशवाहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ असार । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । “प्रस्तुत विवाद कानूनको गम्भीर व्याख्या निहित रहेको, निवेदकहरुले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निज समेत संलग्न भई अर्को दल गठन गरेको एकीन देखिएन”, आदेशमा भनिएको छ,“ निर्वाचन आयोगको सूचना लगायतका काम कारबाही पत्राचार समेत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु ।”

आदेशमा नेकपा ९माओवादी केन्द्र० छाडेर अर्को दलमा प्रवेश गरेको र राजीनामा दिएको यकिन नभएको अवस्थामा आयोगको निर्णय कार्यान्वयन नगर्ने भनिएको छ । प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।

नेपालको संविधानले संघीय संसदका सदस्य एवम् प्रदेश सभाका सदस्यको दल त्याग सम्बन्धी व्यवस्था र स्थानीय कार्यपालिकाका नगरप्रमुख लगायतहरूको दल त्याग सम्बन्धी व्यवस्था नै नितान्त भिन्न आधार र अवस्थाबाट गरेको देखिएको आदेशमा छ ।

माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगरप्रमुखहरु साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो। सो पार्टीको पत्रका आधारमा आयोगले यही असार ११ गते उहाँहरुलाई पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो ।

सोही विषयलाई लिएर नगरप्रमुख द्धयले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यसको प्रारम्भिक सुनुवाइले नगरप्रमुख द्धयलाई तत्काल नहटाउन आदेश जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]