१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

निर्माणाधीन कमला नदीको पुल भासिएपछी

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ असार।धनुषा – सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तरगत निर्माणधीन कमला नदिअको पुल भासिएको छ ।

नदीमा आएको अत्याधिक बहाबसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार  दिउँसो दुई फिट मुनी भाँसिएको हो ।

१२ वटा स्पान र १३ वटा पायामध्ये सिरहातर्फवाट दोस्रो पाया भासिएको हो । २०६८ सालमा पप्पु लुम्बिनी बिलर्डस जेभीले निर्माण थालेको पुलको काम सक्न अझैं बाँकी रहेको छ ।

७ वर्षसम्म पप्पु कन्स्ट्रकसनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिलर्डसलाई जिम्मेवारी सुम्पेको थियो ।

विगत तीन वर्षदेखि लुम्बिनी बिलर्डसले पुल निर्माणको काम गर्दै आएको थियो । पुल निर्माणको काम ९५ प्रतिशत मात्र पूरा भएको छ ।

चार सय ७० मीटर लम्बाई रहेको पुल भासिएपछि साउन दोस्रो साता उद्घाटन गरी यातायात संचालन गर्ने योजना तुहिएको छ ।

सतर्क रहन प्रशासनको आग्रह

यता जिल्ला प्रशासन कार्यालय सिरहाले कमला नदीको तटीय क्षेत्रका स्थानीयलाई कमला नदीमा पानीको बहाब उच्च रहेकोले सर्तक रहन आग्रह गरेको छ ।

नदीमा दुई मिटर वढी पानीको बहाब वढेको र तटबन्धलाई जोखिम पु¥याउन सक्ने भन्दै सर्तक रह्न आग्रह गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]