०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

कमला नदीको टापुमा फसेका तीनको उद्धार

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ असार । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् ।

उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई मध्याह्न १२ बजे श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, इलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे किनारमा लगाइएको परवल खेत रुग्न गएका थिए ।

बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैपट््िटको जमीन कटान गरेर खोला बग्न थालेपछि तीनै जना नदीमा फसेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]