२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

भासिएको कमला पुलको माथिको भागनै पानीमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ असार ।धनुषा- सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिमा निर्माणको अन्तिम चरणमा रहेको पुलको भासिएको पिलरमा शुक्रवार थप क्षति भएको छ ।

भाँसिएको पिलर माथिको ७० मिटर भाग पूर्ण रुपमा नदिमा भासिएको छ ।

बिहिवारको बाढीमा पुलको सिरहा जिल्ला तर्फवाट दोश्रो पिलर भासिएकोमा पुलको माथिको भाग नै पानीमा बसेको छ ।

यसै बीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको नेतृत्वमा रहेको टोलीले कमला पुलको अवस्थाको बारेमा शुक्रवार स्थलगत रुपमा अनुगमन गर्नु भएको छ ।

टोलीमा हुलाकी सडक आयोजनाका ईन्जिनियर वेचन भण्डारी, कमला नदि नियन्त्रण आयोजनाका प्रमुख डिभिजनल ईन्जिनियर एकराज भट्टराई, धनुषाका प्रहरी उपरीक्षक प्रकाशराना भाट, शसस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खडका, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अभिनय सिंह, नेपाल रेडक्रस धनुषाका सभापति नरेशप्रसाद सिंह सहितको टोलीले भासिएको भागसम्म पुगेर अनुगमन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]