२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

धनुषाका सिडियो भन्छन् : कमला पुल भत्किनु राष्ट्रकै लागि ठूलो क्षति

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार। धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलाले भासिएको सिरहा–धनुषा जोड्ने कमला पुलको शुक्रवार निरीक्षण गरेका छन् ।

निरीक्षणपछि प्रजिअ बास्तोलाले सञ्चालनको तयारी भइरहेको बेला पुल भत्किनु राष्ट्रकै लागि क्षति भएको उनले बताए।

उनले भने, ‘मैले आयोजनासँग बुझेअनुसार हस्तान्तरण गरी नसकेको अवस्था रहेकाले ठेकेदार कम्पनीले नै पुल पुनः निर्माण गर्नुपर्ने हुन्छ ।’ ‘राज्यलाई आर्थिक रुपमा क्षति नभएपनि ढिलो सञ्चालनमा आउनु पनि क्षति हो’, उनले भने, ‘प्राविधिकले यसमा अविलम्ब छानविन गरी यथार्त कुरा सार्वजनिक गर्नुपर्छ ।

म पनि त्यही हिसावले रिपोर्टिङ र प्रतिवेदन बुझाउछु ।’ ४७० मिटर पुल ४२ महिनामै बनाउने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ सालमै झण्डै २५ करोडमा ठेक्का लिएको थियो । अहिले भासेको पिलर पप्पुले नै बनाए । पछि घाटा लाग्ने देखेपछि पप्पुले हात झिक्यो ।

त्यसपछि लुम्बिनी बिल्डर्सले माथिको काम गराएको छ । १२ पिलरमध्ये सिरहा तर्फबाट दोस्रो पिलर बिहीवार विहान भासियो । शुक्रवार बीचको एउटा अर्को पिलर पनि भासिएको स्थानीयले बताएका छन् । पिलर भासिएपछि पैदल आवत–जावतमा पनि रोक लगाइएको छ । यद्दपी शुक्रवार जोखिम मोलेर पनि मानिसहरु आवत जावत गरिरहेको देखियो । पिलर भासिएपछि पुल सञ्चालन अनिश्चित बनेको छ । भासिएको ठाउँमा पुनः पिलर निर्माण गर्न बर्षौ लाग्नेछ ।

अब पुल सञ्चालन हुन्छ र जोखिम यात्रा गर्ने बाध्यता समाप्त हुन्छ भन्ने आशा स्थानीयको थियो । तर पुल भासिएपछि सिरहा–धनुषाका लाखौं मासिन चिन्तित बनेका छन् ।हुलाकी सडक आयोजनाका ईन्जिनियर वेचन भण्डारी, कमला नदि नियन्त्रण आयोजनाका प्रमुख डिभिजनल ईन्जिनियर एकराज भट्टराई, धनुषाका प्रहरी उपरीक्षक प्रकाशराना भाट, शसस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खडका, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अभिनय सिंह, नेपाल रेडक्रस धनुषाका सभापति नरेशप्रसाद सिंह सहितको टोलीले भासिएको भागसम्म पुगेर अनुगमन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]