२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

धनुषाको गणेशमान चारनाथको नगरसभा भङ्ग गर्न माग गर्दै जनमतका नेताहरु धर्नामा

Logo
प्रकाशित आइतबार, आषाढ २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार।धनुषाको उत्तरी पुर्वी भेगमा रहेका गणेशमान चारनाथ नगरपालिकाको आज भएको छैठौं नगर सभा भङ्ग गर्न माग गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धर्नामा बसेका छ्न।

बन्द कोठामा नगरसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले विरेन्द्रबजारस्थित नगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै नगरसभा भङ्ग हुनुपर्ने माग गरेका हुन् ।

नगरपालिका अगाडि भेला भएका जनमत पार्टीका कार्यकताले बन्द कोठामा नगरसभा गर्न पाइँदैन, नगरबासीको सहभागिता खोई, भ्रष्टाचारी मेयर मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका नगर अध्यक्ष रामभरोष यादवको नेतृत्वका विरोध प्रदर्शनका सहभागिहरुले पोर्ताहास्थित अस्थायी कोभिड अस्पताल नजिकै भइरहेको नगरसभा स्थलमा पुगेर चर्को नाराबाजी गर्दै उनिहरु करिब ३ घण्टा भन्दा बढी समयसम्म धर्नामा समेत बसेका थिए ।

नगरसभा गर्नुअघि नगरसभा बारे नगरबासीले थाहा पाउने गरी सूचना सार्वजनिकक गर्नुपर्ने बाध्यातमक कानुनी व्यवस्था छ । तर नगर प्रमुख रामबाबु यादवले कसैलाई केही थाहा नगराई चोरेर बन्द कोठामा नगरसभा गरेको जनमत पार्टीका जिल्ला सदस्य सन्तोष कुमार दासले आरोप लगाए ।

नगरसभामा आम नागरिक र अन्य राजनैतिक दलका प्रतिनिधिलाई खोजिएको छैन । मयेर यादवले लठैत र प्रशासनको आडमा गरिएको नगरसभा मान्य नहुने सदस्य दासले बताए । उनले नगरपालिकामा भ्रष्टाचार पनि व्यापक भएको जनाए । सरकारले उपलब्ध गराइउँदै आएको वर्षैपिच्छे कराडौंको बजेट यहाँका जनप्रतिनिधिले कुम्ल्याउने गरेको आरोप समेत उनले लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]