२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

कसैले घुस माग्यो ? तत्काल अख्तियारमा खबर गर्नू’

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ असार । कुनै सरकारी कार्यालयका हाकिम तथा अन्य कर्मचारीले केही काम गरिदिएबापत वा काम गर्न तपाईसँग घुस मागेर हैरान पारेका छन् ?

यदि कसैले त्यसरी घुस मागेर हैरान पारेका छन् भने तुरुन्त अख्तियारमा खबर गरेमा अख्तियारले पक्राउ गरी कारबाही चलाउने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्यिारले त्यस्तै सूचनाका अधारमा पछिल्लोपटक राष्ट्रिय पुननिमार्ण प्राधिकरण जिल्ला आयोजनामा कार्यान्वयन इकाइ ओखलढुंगाका सबइन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरी कारबाही अघि बढाएको छ ।

पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निमार्णको तेस्रो किस्ता भुक्तानी गरिदिएबाफत सेवाग्राहीसँग ३० हजार मागेर हैरान पारेको थिए । सेवाग्राहीले त्यसको जानकारी अख्तियारलाई दिएर उनी आफैले ३० हजार दिएपछि अख्तियारको टोलीले पासवानलाई सेवाग्राहीको रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता रिसालले अख्तियारले १४ वैशाखयता सेवाग्राहीको सूचनाका आधारमा सेवाग्राहीले रकम दिएपछिको अवस्थामा तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]