१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जसपा विभाजन : सत्ताको लुछाचुँडीमा विभाजित श्रृंखलाको निरन्तरता मात्र

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२२ असार । अन्ततः निर्वाचन आयोगलाई साक्षी राखेरै जनता समाजवादी पार्टी(जसपा)का नेताहरूले एकै पार्टीमा नरहने औपचारिक घोषणा गरेका छन् ।

२०७७ वैशाख ११ गते रातारात एकीकृत भएको जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोको सत्ता मोह तथा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको सत्ता विरोधी मोर्चासँगको हिमचिमले पार्टी विभाजित हुने तहमा पुगेको हो । जसपा कानूनतः दुई चिरा हुने गरी निर्वाचन आयोगले प्रक्रिया अघि बढाएको छ ।

मै आधिकारिक हुँ भन्दै मंगलबार निर्वाचन आयोगको शरणमा पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अब एउटै दलमा सँगै रहनै नसक्ने स्पष्ट पार्नुभयो । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह आफूले नेतृत्व गरेको समूहले पाउनुपर्ने जिकिरसहितको पत्रसमेत दुवै पक्षले आयोगलाई बुझाइसकेका छन् ।

केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने ठाकुर पक्षको अडान र विपक्षी मोर्चासँग हातेमालो गर्ने यादव पक्षको अडानले जसपा विभाजनको तहमा पुगेको हो । लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेश सरकार जोगाउने र गिराउने खेलमा दुई अध्यक्षको फरक–फरक अभ्यासले विभाजनको रेखा फराकिलो बन्दै गयो ।

एकले अर्को पक्षलाई कारबाही गर्ने लामो सिलसिलापछि अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै कित्तामा उभ्याएका छन् । जसपाभित्रकाे यादव समूहले पार्टी एकताकाे लागि पाँचवटा शर्त राख्दा ठाकुर समूह भने अहिलेकाे अवस्थामा छुट्टिनु नै जायज हुने पक्षमा छ । मिलेर बस्न नसक्ने भएपछि छुट्टिनु नै उत्तम हुने ठाकुर पक्षीय नेता केशव झा बताउनुहुन्छ ।

ठाकुर र यादव पक्षले एक ठाउँमा नबस्ने घोषणा गरेसँगै जसपा विवादमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ आकर्षित भएको छ । अब बहुमत सिद्ध पक्षलाई निर्वाचन आयोगले आधिकारिता दिनेछ, जसका लागि आयोगले इजलास गठन गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

राजनीतिक दल विभाजन सहज हुने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएसँगै २०७७ सालको वैशाखमा एकीकृत बनेका दुई दल त्यति बेला किन जुटे भन्ने औचित्य पुष्टि हुन सकेको छैन । एकताको औचित्य पुष्टि नहुँदै विभाजनमा पुगेका जसपाका नेताहरू पहिचानको नारामा अलापेर मधेशको नाममा राजनीति गरिरहेका छन् ।

मधेशको नाममा खुलेका दलहरू सत्ताको लुछाचुँडीमा फसेर विभाजित हुने श्रृंखला लामो समयदेखि चलिरहेको छ । जसपा विभाजन त्यही श्रृंखलाको निरन्तरता हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]