१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

यूएईमा मधेशी डाक्टरले पाए गोल्डेन भिसा

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८

न्यूजमधेश डेस्क
यूएई,२२ असार।यूएईमा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन्। विगत ४ वर्ष देखि यूएईको आवुधावीस्थित बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत विराटनगरका डा. रविन्द्र यादवले गोल्डेन भिसा प्राप्त गरेका हुन्।

वि.स २०१३ मा यूएई आएका डा. यादव चर्म रोग विशेषज्ञ हुन्। यूएईको अल ऐन रहेको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. यादव हाल बुर्जिल अस्पताल आवुधावी कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमवीबीएस उत्तिर्ण गरेका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गरेका थिए।

आफ्नो अध्ययन पुरा गरेसँगै उनले केही समय नोवेल मेडिकल कलेजमा सह मेडिकल निर्देशकको रुपमा काम गरे। सन् २००२ मा उनी यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गरेका थिए।

उनी भारतको कुटानियस सर्जनहरू, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटोलोजीको अन्तर्राष्ट्रिय फेलोमा समेत आवद्ध छन्।

यूएई सरकारले गत केहि महिना देखि विशेष व्यक्ति र पेशामा आवद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिदैं आएको छ। जसमा डाक्टर, शिक्षण पेशामा आवद्ध शिक्षक,शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकारहरुलाई गोल्डेन भिसा दिदै आएको हो। भिसाको अवधि १० वर्षको हुन्छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]