१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

सिरहामा चार जना फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २३, २०७८

न्यूजमधेश डेस्क
लहान ,२३ असार । कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]