१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

कमला पुलको ठेक्का रामचन्द्र झा निर्वाचित हुँदा लगाएका थिए : निवर्तमान मन्त्री अरगरिया

Logo
प्रकाशित बुधबार, आषाढ २३, २०७८

मनोज मोरबैता
जनकपुरधाम,२३ असार । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले एक साताअघि भत्किएको कमला पुलमा ठेकेदारको लापर्वाही रहेको बताएका छन् । १० बर्षअघि निर्माण शुरु भएको पुलमा तत्कालिन पप्पु कन्सट्रक्सनले लापर्वाही गरेका कारण पुल भत्किएको उनले बताए ।

‘विजय गच्छदारजी भौतिक मन्त्री हुँदा पुलको डिपिआर बनेको थियो’ गृह जिल्ला धनुषा आएका अरगरियाले बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, “रामचन्द्र झाजी संविधान सभा साभासद हुँदा पुलको ठेक्का लागेको थियो । तर ठेक्का लिने पप्पु कन्सट्रक्सनले लापर्वाही गरेपछि आफू जित्दा उसको ठेक्का बदर गराएँ ।”

पुल भत्किएको सम्बन्धमा छानबिन भइरहेको बताउँदै उनले अब भत्किएको पुललाई सरकारले नभई ठेकेदारले नै बनाउनुपर्ने बताए । ‘सरकारको तर्फबाट अबिलम्ब पुल निर्माणका लागि ठेकेदारलाई आदेश दिइसकिएको छ’ उनले भने ।

अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलियतातिर उन्मुख हुने समेत बताए ।

केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले बिभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए ।

मन्त्री पद गुमाएर आफ्नो गृह जिल्ला आएका अरगरियालाई स्थानीयले स्वागत गरेका छन् । विमानस्थल पुगेका उनका समर्थकहरुले माला लगाएर उनको स्वागत गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]