०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

प्रदेश २ : एक वर्षमै साढे ६ हजार आपराधिक घटना, १ सय ९ जनाको हत्या

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

शिव अधिकारी यदुवंशी
काठमाडौं,२५ असार ।प्रदेश २ मा अपराधको अवस्था भयावह बन्दैँ गएको तथ्याङ्कले देखाएको छ। आयोमेललाई प्राप्त तथ्याङ्कमा एक वर्षमा मात्रै करिब साढे ६ हजार आपराधिक घटनामा १ सय ९ जनाको हत्या भएको हो। आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्क अनुसार ६ हजार ४ सय ७४ आपराधिक घटनामा १ सय ९ जनाको हत्या भएको हो। यो आ।व।२०७७(७८ को जेठसम्मको तथ्यांक हो।

आव २०७७(७८ मा मुलुकभर ६ सय २४ जनाको हत्याका घटना भएका छन्। त्यसमा २ नम्बर प्रदेशमा मात्रै १ सय जनाको हत्या भएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ।

गत तीन वर्ष यता प्रदेश २ मा मात्रै ४ सय ८१ जनाको कर्तव्य ज्यानका घटना भएका छन्। खुल्ला सीमा र लागुपदार्थ दुर्व्यसनीका मुख्य कारण प्रदेश २ मा आपराधिक गतिविधि बढेको प्रहरीको भनाइ छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश २ मा आव २०७७(७८ मा ११ सय २८ वटा ज्यानसम्बन्धी जस्ता घटना भए। त्यस्तै खुन डाँका १, कर्तव्य ज्यान १ सय ९, ज्यान मार्ने उद्योग ३ सय १, भवितव्य ज्यान ५ सय ८६, फुटकर ज्यान १ सय ३४, आत्महत्या गर्न दुरुत्साहन गरेको १० र गर्भ संरक्षणविरुद्धको कसुरका ८ वटा घटना भएका छन्।

त्यस्तै, आव २०७७(७८ मै आत्महत्यासम्बन्धी ८ सय २३ वटा घटना भएका छन्। जसमा विष खाएर १ सय ८६, आगो लगाएर ३, झुण्डिएर ६ सय ३३ र पानीमा हामफालेर ९डुबेर०का एउटा घटना भएको प्रहरीले जनाएको छ।

त्यस्तै, संगठित तथा आर्थिक अपराधका ८ सय ९९ वटा, सामाजिक अपराधका १७ सय १६, महिला तथा बालबालिकासम्बन्धी ६ सय ३३ घटना भएका छन्। त्यस्तै सवारीसम्बन्धी ४ सय ५७ र अन्य विविध २ सय १६ घटना भएका छन्।

महोत्तरीमा क्रुरताः एक वर्षमा १३ जनाको विभत्स हत्या
एक वर्षको अवधिमा महोत्तरीमा मात्रै १३ जनाको विभत्स हत्या भएका छन्। जसमा प्रतिमहिना एक जनाभन्दा बढीको हत्या भएको देखाउँछ। पछिल्लो समययता महोत्तरीमा विभिन्न कारणले गर्दा ८ पुरुष र ५ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको महोत्तरीको तथ्याङ्कमा उल्लेख छ।

प्रदेश २ मा खुल्ला सीमा मुख्य कारण
प्रदेश २ का आठ वटै जिल्ला ९सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा० भारतको सीमासँग जोडिएको छ। नेपाल भारतको खुल्ला सिमानाका कारण अपराधीहरुलाई सहज भएको अध्ययनहरुले देखाएको छ। हत्या, हिंसा गरी दोषी भारत पस्ने गरेको देखिएको छ।

राजनीतिक पहुँच र प्रहरीसँगको साटघाटले घटनालाई बढावाः अभियानी राय
राजनीतिक पहुँचका कारण पनि प्रदेशमा आपराधिक घटनामा वृद्धि हुँदै गएको सामाजिक अभियन्ता सरोज रायको धारणा छ। हरेक व्यक्तिको पहुँच प्रहरीसँग र राजनीतिकर्मीसँग छ। यीनकै पहुँचका कारण दोषीले सहजै उन्मुक्ति पाउँदासमेत आपराधिक घटनालाई बढावा दिएको उनी बताउँछन्।

राजनीतिक पहुँचकै कारण सजाय पाउनुपर्ने दोषी छाती फुलाएर घुम्ने गरेको अभियानी रायको भनाइ छ।

सुरक्षासंवेदनशीलता शून्य
अभियानी रायले प्रहरी प्रशासन सहर बजारको सुरक्षामा मात्रै केन्द्रित रहेको बताए। सुरक्षा संवेदनशीलताको हिसाबमा ग्रामीण क्षेत्र बढी संवेदनशील छ। तर सुरक्षा निकायले त्यसलाई नजरअन्दाज गरेको देखिन्छ। ‘प्रदेश २ को ग्रामीण क्षेत्र अझै शिक्षाको पहुँचबाट वञ्चित छ, स्वाभाविक रुपमा जहाँ शिक्षाको पहुँच हुँदैन, त्यहाँ घटनामा पनि वृद्धि हुन्छ,’ अभियानी रायले थपे ।

नियन्त्रण गर्ने निकायको रबैया गलतः अधिकारकर्मी
आपराधिक घटना नियन्त्रण गर्ने निकायको गलत रबैयाका कारणले गर्दा पनि प्रदेश २ मा यस्ता घटनामा बढोत्तरी भएको मधेस जानकार एवंम महिला अधिकारकर्मी रीता साहको तर्क छ। कानुनी रुपमा कडा सजाय पाउने घटनालाई पनि राजनीतिक र सामाजिक दबाबले स्थानीय रुपमै गरिने मिलापत्रले पनि घटनाहरुलाई बढावा दिएको उनको भनाइ छ ।

अधिकारकर्मी साहले महिलाको सन्दर्भमा पितृसत्तात्मक सोचलै पनि महिला हिंसालाई दबाएर राखेको तर्क गरिन्। ‘अहिले पनि धेरैजसो हिंसा घरमै दबाइन्छ, विभिन्न करकापले। लकडाउनको अवधिमा समेत प्रदेश २ लगायत देशैभरमा महिलामाथि अपराधिक हिंसा बढेको छ,’ उनी भन्छिन्।

उनले सुरक्षाकर्मीको नियतका कारण पनि आपराधिक घटना बढेको बताइन्। सुरक्षाकर्मीले पीडितलाई सहयोग गर्नुको साटो हप्की–दप्की गर्नै गरेको उनको भनाइ छ।आयोमेलमा लेखिएको समाचार हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]