०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

प्रदेश २ मा असारे विकासको नमूना : हिलाम्य सडकमा सोझै ढलान

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ असार । असार मसान्त सकिनै लाग्दा टुक्रे योजनाका जिम्मेवारी लिएका उपभोक्ता समितिहरूलाई काम सम्पन्न गर्ने चटारो छ।

अर्को आर्थिक वर्ष सुरू हुनुअगावै सम्बन्धित कार्यालयमा बील भर्पाइ पेश गर्नुपर्ने भएकाले दिनरात हिलोपानी केही विचार नगरी उपभोक्ता समितिहरू निर्माण कार्यमा जुटेका छन्।

सडक, नालाजस्ता टुक्रे काम गरिरहेका उपभोक्ता समितिहरूले कतिपय स्थानमा वर्षाकै बीच ढलान गरिरहेका छन् भने कतै हिलाम्य सडकमै पिसिसी गरिरहेका छन्।

ढलानका लागि प्रयोग गरिएको सिमेन्ट वर्षाले बगाइरहेको छ भने हिलाम्य सडकमा भइरहेका ढलान भासिइरहेको छ। तर, उपभोक्ता समितिलाई गुणस्तरदेखि मतलब छैन। जसरी पनि पैसा निकासा गर्नुपर्ने छ।

कामको एउटा यस्तै नमुना देखिएको छ, धनुषाको सीमावर्ती मुखियापट्टी मुसहरनिया गाउँपालिकामा।

गाउँपालिकाको वडा नम्बर ५ स्थित बहेडा टोलमा बहेडादेखि बैरिया जाने सडक उपभोक्ता समितिमार्फत निर्माण भइरहेको छ। विघटित प्रतिनिधिसभाका सांसद राजेन्द्र महतोको संसदीय विकास कोषको ५० लाख र स्थानीय उपभोक्ताको १० लाख गरी ६० लाख रूपैयाँको लागतमा पिसिसी सडक निर्माण भइरहेको छ।

जिल्ला सहरी विकास कार्यालयमार्फत पिसिसी सडक निर्माण गर्न वडाध्यक्ष नरेश यादवका भाइ दिनेश यादव उपभोक्ता समितिका अध्यक्ष बनेका छन्।
पिसिसी गर्नुअघि ईंटाको सोलिङ गर्नुपर्ने सम्झौता छ। तर, उनले हिलाम्य सडकमा सोझै ढलान गर्न सुरू गरेका छन्।

सोलिङ नै नगरी हिलाम्य सडकमा ढलान भइरहेको देखेपछि स्थानीयवासीले अवरोध गरे। उपभोक्ता समितिका अध्यक्ष दिनेशले जिद्दी गरेपछि उनीहरूले सडक नै खने। तर, कहिँकतै ईंटा प्रयोग भएको पाइएन।सम्झौताविपरीत गुणस्तरहीन काम भइरहेको देखेपछि आफूहरूले निर्माण कार्य बन्द गर्न लगाएको स्थानीय जयकुमार यादव बताउँछन्।

‘पिसिसी गर्नुअघि सोलिङ गर्नुपर्ने सम्झौता छ। तर, हिलोमा सोझै ढलान गरिएको छ,’ यादवले भने, ‘पैसाको खतिमात्रै भइरहेको देखेपछि हामीले काम बन्द गर्न लगाएका छौं।’

तीन बाल्टी बालुवा र तीन बाल्टी गिट्टीमा एक बाल्टी सिमेन्ट हाल्नुपर्ने सम्झौता रहे पनि १०र१० बाल्टी बालुवा र गिट्टीमा एक बाल्टी सिमेन्ट प्रयोग भइरहेको पाइएको उनले बताए।

सम्झौताअनुसार नै काम भइरहेको जिद्दी कसेका उपभोक्ता समितिका अध्यक्ष दिनेशले स्थानीयवासीको विरोधपछि गुणस्तरहीन काम भएको स्वीकार गरेका छन्।

जनकपुरस्थित सहरी डिभिजन कार्यालयका साइट इन्जिनियर मनोज मण्डलले पनि उपभोक्ता समितिले सम्झौताअनुसार काम नगरेको बताए।

‘सम्झौताअनुसार निर्माण कार्य गर्न हामीले पटक(पटक निर्देशन दिएका थियौं। उपभोक्ता समितिले सम्झौता पनि ढिलै गरी गरेको थियो,’ इन्जिनियर मण्डल भन्छन्, ‘मापदण्डअनुसार काम भएको छैन। गुणस्तरहीन काम भएको छ।’

सम्झौताविपरीत काम भएकोले उपभोक्ता समितिलाई रूपैयाँ भुक्तानी नगरिने उनको भनाइ छ।

५० लाख कार्यालयबाट र १० लाख उपभोक्ताबाट सडक निर्माणको योजना स्वीकृत भएको बताउँदै मण्डलले अहिलेसम्म आफूहरूले रकम भुक्तानी नगरेको जानकारी दिए। उनले असार २४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी उपभोक्ता समितिलाई कार्यादेश दिइएको बताए।आयोमेलमा लेखिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]