१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनमतका युवाहरु सडक मर्मतको माग गर्दै हिलाम्मे सडकमै धान रोपियो

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही,२५ असार । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाँउपालिकाको एक सडकमा जनमत पार्टीका युवाहरुले बिहिबार हिलाम्मे सडकमा धान रोपेका छ्न ।

असारे बिकासमा फसेका कोटहीमाई गाँउपालिकाका जनप्रतिनिधिहरुले वडा नं २ को भुवरी गाँउको सडक मर्मत गर्नको लागी ध्यान नदिएको भन्दै हिलाम्मे सडकमै धान रोपाई गरेका हुन ।

रोपाई गर्दै उनीहरुले भने, ‘हरेक बर्षायाममा हामी जनता हिलाम्मे बाटो भएर हिडन बाध्य भएका छौं । हाम्रो हाथखुट्टा भाचिने गरि तथा सवारी साधन लिएर पल्टिने र भासिने बाटो भएको हुदाँ जनमत पार्टीका सदस्य पवन कुमार मौर्या, राम जीवन मौर्याको अगुवाई र स्थानीय युवाहरुले धान रोपाइ गरिएको हो ।’

सम्बन्धित वडामा पटक पटक जानकारी गराउदा पनि ध्यान नदिएको हुदाँ अब धान रोपाई बाहेक अरु बिकल्प नरहेको जनाउदै विरोध प्रदर्शन गरिएको जनमत पार्टीका नेता संजय कुमार मिश्रले बताएका छन ।

भ्रष्टाचार र अनियमितता विरुद्ध आफुहरुले सधै अवाज उठाउदै आएका र आगामी दिनहरुमा पनि यसको विरुद्व बिरोध गरिरह्ने जनमत पार्टीका नेता संजय कुमार मिश्राले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]