१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

फरार अभियुक्त छ महिनापछि पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजम्धेश डेस्क
महोत्तरी ,२५ असार । बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन् ।

गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी–३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन् ।

यादवले व्यक्तिगत रिसइबीले चौधरीलाई छुरा प्रहार गरेका प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बलिष्टर सिंहले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएका यादवलाई हिरासतमा राखी थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]