२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

प्रदेश २ मा अज्ञात रोगले एक जनाको ज्यान गयो ,दुई दर्जनभन्दा बढी बिरामी

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२५ असार ।प्रदेश २ का सप्तरीमा ुअज्ञात रोगुले एक जनाको ज्यान गुमाएको छ । भने २५ जना भन्दा बढी बिरामी परेका छन् ।

जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ७ बजे टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकी उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रन्जितकुमार झाले जानकारी दिए । फुड प्वाइजनिङ भइ पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको डा। झाले बताए ।

सोही लक्षणबाट मृत्यु भएकी रजककै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर गरिएको छ ।

यस्तै, महदेवा गाउँपालिका–२ चकलाटोलसँगै जोडिएको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन् । तिलाठी कोईलाडी –८ का विभिन्न परिवारका सदस्यहरुलाई टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय सत्यनारायण यादवले बताए । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।

स्थानीय सत्यनारायण यादवका अनुसार अस्पताल नगएका बिरामीहरुको स्थानीय मेडिकल र घरमै स्लाइन पानी लगाइ उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]