२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

सप्तरीमा कुटपिटबाट एक जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,२६ असार । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आजै परीक्षण भएको छ ।

आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]