१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मन्त्रालयको गाडीभित्र निर्वस्त्र भेटिए २१ बर्षीया युवतिसँग यी कर्मचारी !

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ असार। भक्तपुरको घ्याम्पे डाँडाको जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन जनालाई प्रहरीेले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । प्रहरी अनुसार कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका थिए ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जनालाई बुधबार राति ११ बजे पक्राउ गरेर सोधपुछ गरिरहेको जानकारी दिए ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेको गिरीले बताए । उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि रंगेहात समातेको हो । गाडी चालक खत्री मन्त्रालयकै कर्मचारी रहेको खुलेको छ ।-दृष्टिवाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]