३२ जेठ २०८२, आइतबार
15-06-2025 , Sun
×

सर्लाहीमा पोखरीमा डुबेर ३५ वर्षीय युवकको मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ असार । सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ ।

विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीय जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए ।

पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा महाजालकै प्रयोग गर्नुपरेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको बुढाथोकीले बताए ।

मृतक मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]