२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

राष्ट्रिय अनुसन्धानका सुचक सिंहको आफ्नै भाइले गरे हत्या

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
विराटनगर ,२६ असार । मादक पर्दाथ सेवन गरेका आफ्नै भाइले राष्ट्रिय अनुसन्धान सूचक पदमा कार्यरत दाजुको हत्या गरेका छन् ।

विराटनगर महानगरपालिका ५ का ३१ वर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर राष्ट्रिय अनुसन्धान खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय दाजु भोला सिंहको हत्या गरेका हुन् ।

मोरङ प्रहरीका अनुसार मापसे गरेका भाइ साजनले शुक्रबार राती १० बजेतिर दाजु भोलालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते दाजुलाई प्रहरीले राती नै उपचारका लागि विराट अस्पताल लगिएको थियो । तर, उनको उपचारकै क्रममा राती ११ बजे मृत्यु भएको थियो ।

दाजुको हत्या आरोपमा प्रहरीले भाइ साजनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय अनुसन्धानको कार्यालय खोटाङमा कार्यरत सूचक भोला हेटौंडामा तालिम सम्पन्न भएपछि केहीदिन अघि विराटनगर स्थित घर आएका थिए । आजभोली नै उनी कार्यरत जिल्ला जाने तयारीमा थिए ।

भोलाका १६ वर्ष मुनिकादुई छोरा र श्रीमती छन् । भोलाको हत्यागर्ने साजनको भने गत वैशाखमाश्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको पाइएको छ । मादकपदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमाझैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]