०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

राष्ट्रिय अनुसन्धानका सुचक सिंहको आफ्नै भाइले गरे हत्या

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
विराटनगर ,२६ असार । मादक पर्दाथ सेवन गरेका आफ्नै भाइले राष्ट्रिय अनुसन्धान सूचक पदमा कार्यरत दाजुको हत्या गरेका छन् ।

विराटनगर महानगरपालिका ५ का ३१ वर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर राष्ट्रिय अनुसन्धान खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय दाजु भोला सिंहको हत्या गरेका हुन् ।

मोरङ प्रहरीका अनुसार मापसे गरेका भाइ साजनले शुक्रबार राती १० बजेतिर दाजु भोलालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते दाजुलाई प्रहरीले राती नै उपचारका लागि विराट अस्पताल लगिएको थियो । तर, उनको उपचारकै क्रममा राती ११ बजे मृत्यु भएको थियो ।

दाजुको हत्या आरोपमा प्रहरीले भाइ साजनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय अनुसन्धानको कार्यालय खोटाङमा कार्यरत सूचक भोला हेटौंडामा तालिम सम्पन्न भएपछि केहीदिन अघि विराटनगर स्थित घर आएका थिए । आजभोली नै उनी कार्यरत जिल्ला जाने तयारीमा थिए ।

भोलाका १६ वर्ष मुनिकादुई छोरा र श्रीमती छन् । भोलाको हत्यागर्ने साजनको भने गत वैशाखमाश्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको पाइएको छ । मादकपदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमाझैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]