११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

काठमाडौंमा महिला जनमत संघद्वारा रक्तदान

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारको अध्यक्षतामा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी जनाले अरुको ज्यान बचाउनको लागि आफ्नो रक्तदान गरेको एक जना रक्तदाताले बताए ।

उनी अहिलेको अवस्थामा रक्त संचार केन्द्रमा रगतको अभाव हुनु दुखद हो ।रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारले बताईन ।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई दिपक कुमार साह ,ई नरेन्द्र चौधरी , बबिता इसर ,केन्द्रीय सचिव हेमलाता रजक ,केन्द्रीय सदस्य राजेन्द्र राय , जनमत पार्टी काठमाडौं उपत्यकाका अध्यक्ष सुमन मण्डल ,उपाध्यक्ष रोजी रानी देव  र सचिव ई अजय कुमार चौधरी  सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]