१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

प्रधानमन्त्रीको श्रीमती राधिकाबाट पैसा लिन मानेन अस्पताल , सुत्केरी खातुनको उपचार खर्च मिनाह

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार। जनकपुरधामस्थित आर्या केयर अस्पतालले सुत्केरी बेगम खातुनको सम्पुर्ण उपचार खर्च निशूल्क गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धन बनेको समाचार पढेपछि सुत्केरी महिलाको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारीसहित घर पठाउन आग्रह गर्नुभएपछि अस्पतालले नै खातुनको उपचार खर्च बेहोरेको हो ।

धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन अस्पतालको शुल्क तिर्न नसकी घर जान नपाएको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री पत्नी शाक्यले चासो लिनुभएको थियो । अस्पतालले प्रधानमन्त्री पत्नी शाक्यको चासोपछि मात्रै सुत्केरी महिला खर्च बेहोर्न सक्ने अवस्थामा नरहेको जानकारी पाएको र सोही आधारमा निशुल्क उपचार गरेको जनाएको छ ।

‘हामीले बन्धक बनाएका होइनौं, बिरामीका कसैले पनि खर्च तिर्न नसक्ने भनेर जानकारी गराएनन, एकैपटक प्रधानमन्त्रीज्यूको पत्नीले उपचार खर्च म बेहोर्छु भनेर जानकारी दिएपछि हामीले बिरामीको अवस्थाबारे बुझ्यौं, साँच्चीकै बिपन्न रहेको पाएपछि अस्पतालले निशुल्क उपचार गरेको हो,’ जनताटाइम्ससँग अस्पतालकाप्रशासन प्रमुख उज्वल झाले भन्नुभयो । प्रमुख झाका अुसार प्रधानमन्त्री पत्नी शाक्यको सोधनीपछि अस्पतालले बिरामीको कमजोर आर्थिक अवस्थाबारे जानकारी पाएको हो । समाचार सुन्नसाथ प्रधानमन्त्रीपत्नी शाक्यले अस्पताल प्रशासनसँग सम्पर्क गरी आफूले सवै खर्च बेहोर्ने बताउनु भएको थियो । सुत्केरी खातुन बिहीवार नै डिष्चार्ज हुनुभएको प्रशासन प्रमुख झाले जानकारी दिनुभयो ।

हामीले बन्धक बनाएका होइनौं, बिरामीका कसैले पनि खर्च तिर्न नसक्ने भनेर जानकारी गराएनन, एकैपटक प्रधानमन्त्रीज्यूको पत्नीले उपचार खर्च म बेहोर्छु भनेर जानकारी दिएपछि हामीले बिरामीको अवस्थाबारे बुझ्यौं, साँच्चीकै बिपन्न रहेको पाएपछि अस्पतालले निशुल्क उपचार गरेको हो ।

सुत्केरी खातुन र उहाँका पति मोहम्मद समीर नदाफले पनि आफूहरुलाई अस्पतालले उपचार खर्च नलिएको बताउनु भएको छ । अस्पतालले माथिबाट उपचार खर्च तिर्न नसकी अस्पतालमा बन्धक बनेको भनेर सोधीखोजी भएको जानकारी गराउँदै उपचार खर्च नलिएको खातुन दम्पत्तिले बताउनु भएको हो । खातुनले शल्यक्रियाबाट एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिनुभएको छ । उहाँको उपचार खर्च एक लाख १० हजार रुपैया पुगेको थियो । प्रधानमन्त्री पत्नी शाक्यको चासो र खर्च बेहोर्ने जानकारीपछि अस्पतालले नै बेहोरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]