०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

नापी कार्यालयमा कार्यालय प्रमुख सिंहले अफिसभित्रै दारु पार्टी र डिजे डान्स

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२६ असार । प्रदेश नम्बर २ को एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

जानकारी अनुसार, कार्यालय प्रमुख सिँहको विदाई कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै दारु पार्टी गरेको हो । तस्विरमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रीन सिग्नेचर (रक्सीको ब्राण्ड) को बोतल सहित ग्लासमा समेत मदिरा देखिएको छ ।

सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्विरहरुमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको हो । कार्यालयभित्रै दारु पार्टीको तस्विर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्विरहरु हटाएका छन् ।

सरकारी कार्यालयमा मदिरा पार्टीपछि प्रशासनले के कस्तो कारवाही गर्ने भनेर कौतुहुल्ता आम नागरिकमा जागेको छ । यता, सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले इलाका प्रशासन कार्यालय लहानलाई जानकारी गराएको र यसबारे रिपोर्ट गर्न निर्देशन दिएको बताए । न्यूज ब्यूरोमा बिजय कुमार महतोले लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]