१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

प्रदेश २ सरकारले खरिद गरेका प्रदेश परिवहन बसहरु अलपत्र

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असार। प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र आफैले चलाउने भनेर परिवहन सेवा सञ्चालन गर्ने भन्दै करिब ४ करोड रुपैयाँ खर्चेर बसहरु खरिद गरेको थियो । तर, प्रदेश सरकारले ५ वटा वातानुकूलित बस खरिद गरेको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

मधेस भवनको परिसरमै रहेको खेल मैदानमा खरिद गरिएका बस तथा दमकलहरू अहिले पनि थन्किएकै अवस्थामा राखिएको छ ।प्रदेशको ८ वटै जिल्लामा सञ्चालनका लागि ती बसहरु खरिद गरिएका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई वितरणका लागि ल्याइएका दमकलहरू समेत थन्किएको छ ।तत्कालीन भौतिक योजना पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भारतमा प्रदेश सरकारले चलाउँदै गरेको बसको नक्कल गर्दै प्रदेश २ मा पर्सादेखि सप्तरी सम्म बस सञ्चालनको बुनेका थिए ।

सोनलले प्रदेशका ८ वटै जिल्लालाई जोड्ने गरी सो बस सञ्चालनमा ल्याइने बताएका थिए ।सार्वजनिकरुपमै सोनलले प्रदेश परिवहन सञ्चालन कार्यविधि निर्माण गरेर बस सेवा सञ्चालन ल्याइने बताएका थिए । तर, जनता समाजवादी पार्टी नेपालमा दुई खेमामा विभाजन भएपछि महन्थ ठाकुर पक्षधर रहेका सोनललाई मुख्यमन्त्री लालबाबु राउतले मन्त्री पदबाट बर्खास्त गरिसकेका थिए । सोनल बर्खास्तीमा परेपछि अहिले नेपाली काँग्रेसका रामसरोज यादव मन्त्री बनेका छन् ।नवनियुक्त मन्त्री यादव भने प्रदेशमा बस सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै बस व्यवस्थापन गर्ने तयारी थालेका छन् ।

मन्त्री यादवले भने, ‘ती बसहरू हतार हतारमा खरिद गरेको देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’ उनले अघि थप्दै भने, ‘प्रदेश परिवहनबारे हामी सोच्दै छौँ, बसहरूलाई अन्य कामका लागि विभिन्न संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि हामी छलफल गर्दैछौँ ।

त्यस्तै प्रदेश सरकारले कोरोना महामारीको दोस्रो लहरमा खरिद गरेका ९ वटा दमकल पनि प्रयोगविहीन अवस्थामा छ । ५३ लाख रुपैयाँका दरले करिब ५ करोड रुपैयाँ खर्चेर खरिद गरेको वारुणयन्त्र ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा दमकल २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने योजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हस्तान्तरणको लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]