२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

प्रदेश २ मा प्रदेशसभा वैठक अवरुद्ध

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ असार । प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् ।

यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिले बजेटका अरु शीर्षकप्रति पनि आपत्ति जनाउँदै पुनः वैठक अवरुद्ध गरेका हुन् ।

सांसद विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै गरिएको संसदको अवरोध सहमतिमा सञ्चालन भए पनि विपक्षी दलले फेरि अर्को विषय उठाएर संसद अवरुद्ध गरेको हो । विपक्षी दलका सांसदले बजेट विनियोजन पुस्तिका रेडबु्कलाई कालोबुकको संज्ञा दिँदै बैठक अवरुद्ध गरेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका संसद सुन्दरबहादुर विकले यो बजेट प्रदेशको नभई कुनै नगरपालिका र निर्वाचन क्षेत्रमुखी देखिएको भन्दै यसलाई सुधार नगरिएसम्म बैठक बस्न नदिने बताए । बजेटले जनतामाथि कुठाराघात गरेको पनि उनले बताए ।

माओवादी केन्द्रका सांसद दिलिप साहले मन्त्रीले आफ्नो क्षेत्रमा मनोमानी तरिकाले बजेट राखेको भन्दै अबण्डा रकम आफ्नो गोजी भर्नका निम्ति राखेको बताए । के केमा भ्रष्टाचार गर्न सकिन्छ त्यसमा मात्रै बजेट राखिएको भन्दै उनले यसलाई नसच्याइएसम्म बैठक बस्न नदिइने बताए ।

विपक्षी सांसदको अवरोधपछि सभामुख सरोजकुमार यादवले वैठक १ घण्टाका लागि स्थगित गरेका छन् ।

यसअघि विपक्षी सांसदले १ असारमा बसेको दोस्रो बैठक अवरुद्ध गरेका थिए । सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै उनीहरुले बैठक अवरुद्ध गरेपछि २५ गतेदेखि सरकार र विपक्षी सांसदबीच सहमति भएर बैठक सञ्चालन भएको थियो ।

त्यसअघि १५ असार र २३ असारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]