०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

प्रदेश २ मा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ असार ।प्रदेश–२ मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि हुँदै गएको तथ्य औँल्याइएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र महिला सशक्तीकरण अभियानद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा यो तथ्य औँल्याइएको हो । यसको कारण प्रदेशमा छ प्रतिशत जग्गामा २१ प्रतिशत जनसङ्ख्याको वसोवास, उच्च प्रजनन् दर, चाहनाभन्दा अधिक सन्तानको जन्म पनि जटिल समस्या बनेको पाइएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिम कालमा लगाइएको निषेधाज्ञा र बन्दाबन्दीले परिवार नियोजनका साधन उपलब्धमा समस्या, खोप लिन नपाएको, महिला हिंसामा वृद्धि भएकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ । बसाइसराइले गर्दा ग्रामीण क्षेत्र खाली हुँदै जाने र शहरी क्षेत्रमा अव्यवस्थित बसोवास गर्ने प्रवृतिले पनि समस्या थपिँदै गएको बताइएको छ ।

कार्यक्रममा प्रदेश नीति, योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले दिगो विकास भौतिक संरचनाको विकासलाई बुझ्ने मानसिकता पनि शिक्षा र स्वास्थ्य क्षेत्रको बाधक बनेको बताउनुभयो । परम्परागत सोच र मनोविज्ञानमा रूपान्तरण नभएका कारण श्रम शक्ति पराधीन हुने विडम्बनापूर्ण अवस्था विद्यमान रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावक सजग नभएको बताउनुभयो । उपमहानगरपालिकाले छोरीलाई सुरक्षा र प्रोत्साहन गर्ने नीति बनाएकामा अभिभावकको बेवास्ताले सो नीति कार्यान्वयनमा समस्या देखिएको उहाँले स्पष्ट गर्नुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशमा उच्च शिक्षाका लागि विद्यालयको अभावका कारण छोरीलाई सुरक्षा, सामाजिक संरचना, सोचले उच्च शिक्षाका लागि बाहिर नपठाउने र १६ वर्षमै बिहे गरी दिने तथ्य अधिक देखिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले विकास बारेको बुझाइ नै गलत भएका कारण जटिलता देखिएको प्रसङ्ग उल्लेख गर्नुभयो । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रदेश प्रमुख नरेन्द्र मिश्रले जनसङ्ख्या नियन्त्रण होइन व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]