०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

प्रदेश २ मा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ असार ।प्रदेश–२ मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि हुँदै गएको तथ्य औँल्याइएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र महिला सशक्तीकरण अभियानद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा यो तथ्य औँल्याइएको हो । यसको कारण प्रदेशमा छ प्रतिशत जग्गामा २१ प्रतिशत जनसङ्ख्याको वसोवास, उच्च प्रजनन् दर, चाहनाभन्दा अधिक सन्तानको जन्म पनि जटिल समस्या बनेको पाइएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिम कालमा लगाइएको निषेधाज्ञा र बन्दाबन्दीले परिवार नियोजनका साधन उपलब्धमा समस्या, खोप लिन नपाएको, महिला हिंसामा वृद्धि भएकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ । बसाइसराइले गर्दा ग्रामीण क्षेत्र खाली हुँदै जाने र शहरी क्षेत्रमा अव्यवस्थित बसोवास गर्ने प्रवृतिले पनि समस्या थपिँदै गएको बताइएको छ ।

कार्यक्रममा प्रदेश नीति, योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले दिगो विकास भौतिक संरचनाको विकासलाई बुझ्ने मानसिकता पनि शिक्षा र स्वास्थ्य क्षेत्रको बाधक बनेको बताउनुभयो । परम्परागत सोच र मनोविज्ञानमा रूपान्तरण नभएका कारण श्रम शक्ति पराधीन हुने विडम्बनापूर्ण अवस्था विद्यमान रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावक सजग नभएको बताउनुभयो । उपमहानगरपालिकाले छोरीलाई सुरक्षा र प्रोत्साहन गर्ने नीति बनाएकामा अभिभावकको बेवास्ताले सो नीति कार्यान्वयनमा समस्या देखिएको उहाँले स्पष्ट गर्नुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशमा उच्च शिक्षाका लागि विद्यालयको अभावका कारण छोरीलाई सुरक्षा, सामाजिक संरचना, सोचले उच्च शिक्षाका लागि बाहिर नपठाउने र १६ वर्षमै बिहे गरी दिने तथ्य अधिक देखिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले विकास बारेको बुझाइ नै गलत भएका कारण जटिलता देखिएको प्रसङ्ग उल्लेख गर्नुभयो । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रदेश प्रमुख नरेन्द्र मिश्रले जनसङ्ख्या नियन्त्रण होइन व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]