१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सप्तरीमा भ्रष्टाचारको विरुद्धमा प्रदर्शन

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

कमल कुमार मण्डल
सप्तरी, २७ असार । सप्तरीमा जनमत पार्टीद्धारा आज (आइतवार) भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।

राजविराज स्थित रहेको पार्टी कार्यालय बाट निकालिएको विरोध प्रदर्शनको ¥याली नगर परिक्रमा गर्दै दशन चौक (नेता चौक) स्थित कोण सभामा परिणत गरिएको थियो ।

जनमत पार्टी सप्तरीको जिल्ला समन्वय समितिद्धारा आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँपालिका, नगरपालिकाबाट नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

भ्रष्टाचार विरुद्ध एक हौ, विकाश शान्ति र सुरक्षाको लागि भ्रष्टाचार विरुद्ध एक हौ, भ्रष्टाचार मुक्त समाज निर्माण गरौं, भ्रष्टाचार मिटाऊ देश बचाऊ, भ्रष्ट नेता कर्मचारीलाई जेलमा बन्द गर, भ्रष्टाचार बन्द गर, स्टप कर्पसन, भ्रष्टाचारी माथि कारवाही होस, जनमत पार्टी जिन्दावाद, भ्रष्टाचारी मुर्दावादलगायतका नाराहरु लगाउदै प्लेकार्ड सहित प्रदर्शन गरेको थियो ।

जनमत पार्टी सप्तरीको समन्वय समितिको अध्यक्ष चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा अयोजना गरिएको कोणसभामा पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, समन्वय समितिको उपाध्यक्ष नारायण यादव, सह सचिव शिवनन्दन मेहता, कोषाध्यक्ष शम्भु साह, यूवा जनमत सप्तरीका संयोजक मनोज यादव, वरिष्ठ नेतृत्व मण्डलका केन्द्रीय सदस्य सुर्यदेव यादवलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको थियो ।

जिल्लाको विभिन्न स्थानिय तहमा विकासिय कार्यमा भ्रष्टाचार भईरहेकोले आफूहरु प्रदर्शनमा उत्रिएको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।

उक्त कार्यक्रममा उद्घोषण सप्तरीका सचिव थानेश्वर प्रसाद साहले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]