२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

बाख्रापालक किसानलाई बोयर बोका उपहार

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,२८ असार । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् ।

नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक÷एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

वरपर बाक्लै वनक्षेत्र रहेको बर्दिबास नगरक्षेत्रमा बाख्रापालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । किसानलाई व्यावसायिकरुपमै बाख्रापालनतर्फ आकर्षित गराउन बीउको बोयर बोका वडैपिच्छे एक÷एकवटा दिइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । बोका पाल्ने किसानले पालेको व्यवस्थापकीय खर्च जुटाउन प्रतिबाख्रा प्रजननबापत बढीमा रु २५० लिन पाउने गरी नियम बाँधिएको जनाइएको छ । वडैपिच्छे एक÷एकवटा बीउ बोका पु¥याउन खरिददेखि ढुवानीसमेत १४ वटा बोकामा रु १४ लाख १० हजार खर्च भएको पराजुलीले जानकारी दिनुभयो ।

अब चार महिनापछि प्रजनन क्षमताका हुने बोयर बोकाले नगर क्षेत्रमा उन्नत जातका बाख्राको वंश वृद्धि हुने नगर कार्यपालिकाको कार्यालयको अपेक्षा छ । खँदिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । वडैपिच्छे वितरण गरिएका बोयर बोकाबाट एक वर्षभित्र बस्ती बस्तीमा उन्नत जातका पाठापाठी ह्वात्तै वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनुभयो । बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् ।

नगर कार्यपालिकाको कार्यालयले एक साता पहिलेमात्र नगरक्षेत्रका विभिन्न कृषक समूहमा आबद्ध किसानलाई सम्बन्धित वडा समितिको सिफारिसमा मासुजन्य पशु प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५० राँगा र २५० वटा बाख्रा वितरण गरेको थियो । सो कार्यक्रम सङ्घीय सरकारको साझेदारीमा गरिएको पराजुलीले जानकारी दिनुभयो । यो कार्यक्रमबाट कृषक समूहमा आबद्ध १०० परिवार किसान लाभान्वित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]