२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

कतार प्रवेश गर्नेहरुका लागि आजबाट नयाँ स्वास्थ्य मापदण्ड लागू

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
दोहा, २८ असार । नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारले आजदेखि आफ्नो मुलुक प्रवेश गर्नेहरुका लागि नयाँ नियम लागू गरेको छ ।

पछिल्लो समय कोरोना महामारी घट्दैन गएपछि कतार सरकारले नयाँ स्वास्थ्य मापदण्ड आजदेखि लागू गरेको हो ।

अब कतारले मान्यता दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरुले भने क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

कस्तो व्यक्तिले क्वारेन्टाइन बस्नुपर्छ वा पर्दैन्रु ?

कतारले मान्यता दिएको फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको दुवै डोज ९जस्तै सिनोफर्म,भेरासेल,कोविसिल्ड आदि० लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्नेछ।

नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले खोप नलगाई प्रवेश गर्ने नेपालीले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छ ।

यसरी कतार आउदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ। नेपालबाट कतार फर्कनु १२ घण्टा अगाडी एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गरेर मात्र प्रवेश पाइनेछ ।

माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई भिजिट भिसा,पर्यटन भिसा र पारिवारिक भ्रमण गर्ने व्यक्तिहरुले पनि क्वारेन्टाइन बिनै सहजै प्रवेश पाउने छन् ।

कतारमा कोरोना संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसैगरी कतारले अजैदेखि लागू हुने गरी महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार फर्किन चाहनेलाई ‘इन्ट्री परमिट’ नचाहिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]