०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न सकेन

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२८ असार । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गर्नुभएको थियो ।

तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष सकिन तीन दिनमात्र बाँकी छ । सरकारको आफैंले गरेको २० प्रतिशतभन्दा बढी असारमा खर्च नगर्ने निर्णय लत्याएर बजेटरी अनुशासन पालना नगरेको अर्थविद्हरु बताउँछन् ।

विगत १२–१५ वर्षदेखि असारमा मात्रै ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने गरेको भन्दै त्यो खर्च भएको रकमको गुणस्तर हेर्नुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको अन्त्य हुन ५ दिन बाँकी रहँदा १ खर्ब ९२ करोड खर्च गरेको छ ।

जसमध्ये पनि अधिकांश खर्च असार महिनामै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनामा दैनिक करिब २ अर्बको दरले २५ दिनमा मात्रै कूल ४९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

यो पहिलेको तुलनामा निकै नै धेरै हो । यसअघि प्रतिदिन ४२ करोड ८४ लाख खर्च हुने गरेकोमा असार लागेसँगै प्रतिदिन झण्डै पाँच गुणा बढी अर्थात् २ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ ।

सरकारी नीति अनुसार असार २५ गतेदेखि सामान्य खर्चका लागि चेक काट्न नपाइने नियम रहेको छ । तर, विषेश कार्यक्रमका लागि ३१ गते सम्मनै चेक काट्न मिल्ने महालेखा नियन्त्रक कार्यालयको भनाइ छ ।

पुँजीगत खर्चको तुलनामा चालु बजेट भने विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्षमा पनि अधिक खर्च भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ९ खर्ब ४९ अर्ब रुपैयाँ चालू बजेटअन्तर्गत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ८८।०५ प्रतिशत अर्थात्, ८ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५४।११ प्रतिशत अर्थात्, ९३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]