२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

कांग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदाधिकारी बैठक हुँदै

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२८ असार । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला विवेकपूर्ण रहेको भन्दै कांग्रेसले फैसलाको स्वागत गर्ने बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीको आवेगपूर्ण कदमलाई विवेकपूर्ण तरिकाले सच्याएको छ ।’

प्रवक्ता शर्माले कांग्रेस नेतृत्वको सरकार गठनको बाटो खोलेको अवस्थामा अब सरकार निर्माण हुने भन्दै भने, ‘सरकार निर्माण हैन इतिहास निर्माणको अवसर कांग्रेसले पाएको छ ।’

प्रवक्ता शर्माले कांग्रेस पदाधिकारी बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने समेत बताए । केहीबेरपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक शुरु हुने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]