१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सर्वाेच्चकाे निर्णयले दलीय शासनको हत्या गरी द्वन्द्व चर्कायाे : पुर्वमन्त्री प्रभु साह

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२८ असार। पूर्वमन्त्री प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरी देशमा द्वन्द्व चर्काएको बताएका छन् ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया जनाउदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलिय व्हिप न लाग्ने आदेश यो ब्यवस्थाकै विडम्बना भएको बताएका हुन् ।

दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन भन्ने निर्णय गरेर सर्वोच्च अदालतले दलीय प्रणालीको आत्माको हत्या गरेको पूर्वमन्त्री साहको भनाइ छ ।

उनले ग़लत संवैधानिक व्यवस्थाकै कारण आज देशमा संकट निम्तिएको बताएका छन् ।

‘दलीय शाशन प्रणाली वर्तमान व्यवस्थाको आत्मा हो, र दलीय प्रणालीको आत्मा हो दलीय अनुशासन । आज सर्वोच्च अदालतले दलीय अनुशासन लागू हुँदैन भन्ने जुन फैसला गरेको छ, यसले दलीय प्रणालीको आत्माको हत्या भएको छ । यसले देशमा द्वन्द्व चर्काउने बाहेक केही गर्न सक्दैन ।’

पूर्वमन्त्री साहले भने, ‘तपाइँ हामीले हेरिरहेका छौँ कि जुन ढंगले न्यायालय राजनीतिमाथि हाबी भएको छ, यो सबै गलत संवैधानिक प्रावधानकै उपज हो । हामीले भन्दै आएका छौँ कि जुन अहिलेको संविधान छ, त्यो अस्पष्ट र कन्फ्युज्ड व्यवस्थाहरुको फ्युजनवाट बनेको खिचडी संविधान हो । र आजको सर्वोच्च अदालतको फैसलाले वर्तमान व्यवस्था र संविधान असफल भईसक्यो भन्ने पुष्टि गरेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]