२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

महोत्तरीमा व्यापक अनियमितता माटोमै ढलान

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

मौसम झा ,जलेश्वर ।महोत्तरीको पिपरा गाउँपालिका -२ स्थित रहेको विद्यालयदेखि पर्सासम्मको छ्डकीमा २४ गतेदेखि माटोमा नै ढलान सुरु गरिएको छ । ढलान २ सय ६५ मिटर  गर्नु पर्ने छ।त्यस्मा कुल बजेट २५ लाख रुपैया छुटियाएको छ।सो सडकमा मंगलवारदेखि ढलान सुरु भएको हो ।

वडा अध्यक्ष ब्रम्हदेव यादव, प्रशासकिय अधिकृत र उपाध्यक्ष समेतको मिलोमतोमा भइरहेको सो ढलानमा व्यापक अनियमितता भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।तर केहि दवंगहरुलाई राखेर भइरहेको सो ढलानको विरोध डरले स्थानीय बासिन्दाहरुले गर्न सकेका छैनन् ।पिपरा गाउँ पालिकाका अध्यक्षको निधन भइसकेको छ ।उपाध्यक्षले कामकाज गरिरहेकी छन् ।पिपरामा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको वर्चस्व रहेको छ ।

आइतवार, सोमवार माटो हालिएको सडकमा मंगलवार अपरान्हदेखि ढलान सुरु गरिएको छ ।मो.मञ्जुर आलमको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले माटोमा ढलान सुरु गरेको छ ।१५ फिट चौडाईमा ढलान हुने बताइएपनि १२ फिट भन्दा बढि नरहेको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]