१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

यस्तो बन्दैछ देउवा नेतृत्वको मन्त्रिमण्डल

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् ।

सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

आज मंगलबारनै देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँच जना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन् । देउवाले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउन लागेका हुन् ।

नयाँ मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट दुई जना मन्त्री नियुक्त हुनेछन् । उनले कांग्रेसबाट बालकृष्ण खाँडसहितका नेतालाई आफ्नो मन्त्रिमण्डलमा सहभागी गराउने स्रोतले जानकारी दियो ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री हुने स्रोतको दाबी छ । माओवादी केन्द्रको भागमा ६ मन्त्री र दुई राज्यमन्त्री परेको छ ।

त्यस्तै नेपाली कांग्रेसको भागमा माओवादी केन्द्र र जसपा बाहेकका सबै मन्त्रालय परेका छन् । यता जनता समाजवादी पार्टी जसपा को उपेन्द्र यादव पक्ष केही दिनमा सरकारमा सहभागी हुने भएको छ । यादव पक्षबाट ६ जना मन्त्री हुने भएका छन् ।

स्रोतका अनुसार यादव पक्षबाट सरकारमा सहभागी हुन यादव आफैं, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्रसिंह यादव, रामसहाय यादव, इस्तियाक राइ, रेणु यादव तथा प्रदीप यादव मध्येबाट ६ जनालाई साथमा लिएर जाने देखिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]