३२ जेठ २०८२, आइतबार
15-06-2025 , Sun
×

दुई सहसचिवको सचिवमा बढुवा

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ असार । सरकारले दुई जना सहसचिवको सचिवमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनतर्फ खगेन्द्र प्रसाद नेपाल र प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार साँझ सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ एक नम्बरमा गोपालप्रसाद सिग्देल, दुइ नम्बरमा खनाल र तीन नम्बरमा सरजु कुमार वैद्यको नाम सिफारिस गरेको थियो ।

स्रोतका अनुसार बढुवा समितिले सिफारिस गरेका तीन वरिष्ठ सहसचिवमध्ये दोस्रो नम्बरमा सिफारिस खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सिग्देलको अझै समयावधि बाँकी रहेको तर खनाल केही महिनाभित्रै अवकाशमा जान लागेकोले खनाललाई सचिव बनाएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]