१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

दुई सहसचिवको सचिवमा बढुवा

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ असार । सरकारले दुई जना सहसचिवको सचिवमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनतर्फ खगेन्द्र प्रसाद नेपाल र प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार साँझ सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ एक नम्बरमा गोपालप्रसाद सिग्देल, दुइ नम्बरमा खनाल र तीन नम्बरमा सरजु कुमार वैद्यको नाम सिफारिस गरेको थियो ।

स्रोतका अनुसार बढुवा समितिले सिफारिस गरेका तीन वरिष्ठ सहसचिवमध्ये दोस्रो नम्बरमा सिफारिस खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सिग्देलको अझै समयावधि बाँकी रहेको तर खनाल केही महिनाभित्रै अवकाशमा जान लागेकोले खनाललाई सचिव बनाएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]