२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

प्रधानमन्त्री ओलीको सम्बोधन ःअसहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि

Logo
प्रकाशित मंगलबार, आषाढ २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ ।

नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गर्नुभयो ।

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका सन्दर्भमा ओलीले सम्बोधन गर्नुभएको हो ।

उहाँले कोरोना महामारी तथा बाढीपहिराबाट जीवन गुमाएका प्रति श्रद्धाञ्जलि दिँदै सरकारले बिरामी एवं घाइते सबैको निःशुल्क उपचार गराइरहेको तथा पुनःनिर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश कोभिड महामारीबाट आक्रान्त भइरहेका बेला कत्ति पनि समय खर्च नगरेर एकताका लागि महामारी रोकथाम र राष्ट्रको विकासका काम गर्नुपर्नेमा मुलुकमा असझदारी र द्वन्द्व सिर्जना गरेर मुलुकलाई असफल बनाउने गम्भीर षड्यन्त्रप्रति सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले निराश र उत्तेजनामा जान आवश्यक नभए पनि सर्वोच्च अदालतको सोमबारको फैसलको परिणाम र परिणति देखिँदै जाने विचार व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतका राजनीतिक दृष्टान्तका आधारमा पात्र र प्रवृत्तिलाई चिन्न गाह्रो नहुने भएकाले लोकतन्त्र र विधिका शासनमा कुनै दरार त आउने होइन भन्ने प्रश्न खडा भएको टिप्पणी गर्नुभयो ।

आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उहाँले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने स्पष्ट गर्नुभयो । “मेरो मनमस्तिष्कमा देशको, सुरक्षा, सार्वभौमसत्ता र स्वाधीनता, विकास, सुशासन, सभ्य समाज, सामाजिक न्यायसहितको समृद्धिबाहेक अर्को कुनै विषय छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई सुन्दर र समृद्ध बनाउन लोकतान्त्रिक प्रणाली र त्यसअनुसारको इमान्दार अठोट चाहिन्छ, योबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन ।

म सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकारसम्पन्न ठान्छु तर आज म अदालतको आदेशबाट बाहिरिएको छु । मेरो लोकतन्त्रप्रतिको निष्ठा र आशा तथा देश र जनता प्रतिको माया कमजोर हुने छैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]