२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको दोस्रो दिनमा नै गच्छदार अदालतमा हाजिर

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० असार ।नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।

ललिता निवास जग्गा प्रकरणको भ्रष्टाचारको मुद्दा लागेका गच्छदार आज अदालतमा हाजिर भएका हुन्।

यसअघि कागजी रूपमा फरार रहेका गच्छेदार बुधबार अदालतमा हाजिर भएका हुन्।

आजबाट अदालतमा उनको प्रारम्भिक बयान हुनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ ।

यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो ।

प्रहरीले उनको ठेगाना पत्ता नलागेको बताएको थियो ।

सरकार परिवर्तन भएर कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको दोस्रो दिन नै उनि अदालतमा हाजिर भएका हुन् ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन निकायलाई सघाउने बताएपनि फरार थिए।

भ्रष्टाचारको मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बन भएको छ।भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारविरुद्व मुद्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]