१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थीहरु धर्नामा

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् ।

मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।

नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव नेपाल समूह०, समाजवादी विद्यार्थी युनियन ९उपेन्द्र यादव समूह० र अखिल छैठौंका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् । डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताउनुभयो । “आज कार्यालय समय शुरु भएसगैँ उहाँहरु डिपो गेटमा धर्नामा बस्नुभएको छ । अधिकांश पम्पले मङ्गलबार साँझ नै पेट्रोलिमय पदार्थकोे ढुवानी गरिसक्नुभएको छ । तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन । उहाँहरु धर्नाबाट निस्कनासाथ ढुवानी पुनः शुरु गछौँ”, उहाँले भन्नुभयो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलनले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ ।

आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी सङ्गठनले केही पम्पको सटर लगाएर बन्द गराए तापनि अधिकांश पम्प खुला नै रहेको एशोसिएशनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल तथा कलेज नजिक रहेका पम्प विद्यार्थीले बन्द गराए पनि अन्य स्थानमा सञ्चालित पम्प खुला रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]