३२ जेठ २०८२, आइतबार
15-06-2025 , Sun
×

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
कञ्चनपुर ,३० असार । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ ।

निर्देशनालयको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।

किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, बताउने पङ्खा, रिपर, रोटाभेटर, हिले चक्का, सिड ड्रिल र डिस्क हेरोलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको छ । किसानको मागअनुसार कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताउनुभयो ।

“कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६ को अनुसूची ५ मा रहेको मूल्याङ्कनका सूचकका आधारमा मूल्याङ्कन गरी किसानलाई यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “सहकारी, समूह, फार्म र व्यक्तिलाई अनुदान दिइएको छ ।”

यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराउनका लागि उपभोक्ताको किसिम, सामाजिक समावेशी, खेतीको व्यावसायिकता एवं खेती गरिएको क्षेत्रफल, उपलब्ध भौतिक पूर्वाधार ९सिँचाइ, सडक, विद्युत्० प्राङ्गारिक खेती गरिरहेको, माग गरिएका सामग्रीको उपयोग, उपभोक्ताको अनुभव र लाभान्वित परिवार सङ्ख्यालाई आधारका रूपमा लिइएको छ ।

यन्त्र तथा उपकरणका लागि छनोटमा परेका किसानको अवस्थाका बारेमा जानकारी लिनका लागि अनुगमन गरी सम्झौताबमोजिम अनुदान रकम दिइएको छ । यसैगरी कैलालीका १९८ किसानलाई यान्त्रिकीकरणका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

“कृषिमा यान्त्रिकीकरणलाई बढावा दिई प्रतिएकाइ उत्पादनमा वृद्धि तथा उत्पादन लागत घटाउने लक्ष्य लिएका छौँ”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, “युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षामा पहुँच पु¥याउनु प्रमुख ध्येय रहेको छ ।”

उहाँका अनुसार यसबाट स्वरोजगारका अवसरसमेत सिर्जना हुनेछन् । युवाहरुले स्वदेशमै रोजगार पाउनेछन् । बालीअनुसार खेत तयारीदेखि चुटानीसम्म, खाद्यान्न बाली, तरकारी बाली र फलफूल उत्पादनमा यान्त्रिकीकरणको प्रयोग हुन थालेकाले श्रमसमेत निकै कम खर्च गर्नुपर्ने भएको छ । किसानले कम लागतमा बढी उत्पादन लिई आम्दानीमा बढोत्तरी हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]