०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

अन्नपूर्ण रियल स्टेटले जानकी बृद्धाश्रममा गरे खाद्यान्न सामग्री सहयोग

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० असार। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामस्थित रहेका जानकी बृद्धाश्रममा अन्नपूर्ण रियल स्टेटले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

बुधबार अन्नपूर्ण रियल स्टेटका संचालक दिनेश साहको अध्यक्षतामा एक कार्यक्रम विच खाद्यान्न सामग्री सहयोग गरको हो ।बृद्धाश्रममा रहेका २० जना बृद्ध आमाहरुका लागि सो संस्थाका संचालन साहले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

बृद्धाश्रममा १५ बोरा चामल, १ बोरा दाल, नून १ बोरा, आलु २ बोरा, प्याज १ बोरा, तेल ३० लिटर, खुर्सानी, धनिया तथा बेसारको मसाला १÷१ केजी, जिरा २ केजी, पानी, फ्रुटीलगायतका सामग्रीहरु वितरण गरिएको अन्नपूर्ण रियल स्टेट जनकपुरधामका संचालक दिनेश साहले बताएका हुन।

उनले आगामी दिनमा कबिर बाल आश्रममा समेत खाद्यान्न सामग्री वितरण गर्ने योजना रहेको बताए । उनले वृद्धाश्रममा भैपरी आउने समस्या समाधानका लागि तन, मन र धनबाट लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो खाद्यान्न वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका – ७ का वडाध्यक्ष जानकीराम साह,समाजसेवी जगतलाल मण्डल ,डा अभधेश सिंह,श्रीनारायण मण्डल ,नरेश साह,प्रवानन्द मण्डल र स्थानीय प्रहरीको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]