१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

देउवा प्रधानमन्त्री भएपछि कांग्रेसका कार्यकर्ताहरुको दादागिरी ,सर्वसाधारणलाई कुटपिट

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका कार्यकर्ताहरुले पटाखा पट्काएर सर्वसाधारणलाई कुटपिट गरि गम्भीर घाइते बनाएका छन्।

देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्।

पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अफ्ठ्यारो भइ रहदा केही स्थानीय घर आसपास पटाखा नपट्काउन भन्न जाँदा आफताब आलमका भाइ शेख शोयब र उनका छोराहरुले पुर्वमन्त्री राजा बाबुको बुहारी तथा भतिजहरुमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट पुर्वमन्त्री राजा बाबुको भतिजहरु घाइते भइ अस्पताल भर्ना भएका छन्। उनीहरुको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ। स्थानीयहरु कांग्रेस समर्थक कार्यकर्ताहरुको यस्तो रवैयाको विरोध गरिरहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]