१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

संचारकर्मी साह र अधिकारीसहित चार जनालाई युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ३० असार । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको अप्पन टेलिभिजनका समाचार प्रमुख अजय साह शिवाली र काठमाडौंमा रहेका आयोमेलका सम्बादाता शिव अधिकारी `यदुवंशी´सहित चार पत्रकारलाई नेपाल सरकारले युवा पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरेको छ ।

संघीय युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा बुधबार एक कार्यक्रम गरी पत्रकारहरू शिवाली, डोलराज रानाभाट, शिवकुमार अधिकारी र राधा नेपालीलाई पुरस्कृत गरेको हो ।

त्यस्तै, चितवन भरतपुरका रानाभाट इमेज च्यानलका सम्वाददाता हुन।क यसैगरी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी राधा नेपाली तरङ राष्ट्रिय पाक्षिकमा कार्यरत छिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपानेले पुरस्कृत हुने सबैलाई जनही ५०–५० हजार नगद र सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

पत्रकारिताको माध्यमबाट युवा जागरण, युवा उद्यमशिलता, युवा विकासका सवाल, युवा रोजगारी तथा स्वरोजगारीका सवाल, सामाजिक विकृति, विसंगति, विभेद न्यूनीकरण तथा सामाजिक सद्भावलगायतका क्षेत्रमा योगदान पु¥याएवापत् उनीहरूलाई सम्मान गरिएको हो ।

मन्त्रालयले हरेक वर्ष युवा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]