१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

जनमत पार्टीले डाक्नेश्वरी नगरपालिकामा सुचना माग गर्दै निवेदन दर्ता

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

कमल कुमार मण्डल
सप्तरी, ३० असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयमा जनमत पार्टीले विभिन्न शिर्षकमा सुचना तथा विवरणको प्रतिलिपि माँग गर्दै आज (बुधवार) निवेदन पेश गरिएको छ ।

आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ मा नगरपालिकामा भएको विभिन्न कार्यक्रम तथा योजनाको आयोजनाहरुको नाम सहित सञ्चालन हुने स्थानको विवरण, खर्च रकमको श्रोत सहित सुचना तथा विवरणको प्रतिलिपि अध्ययन प्रयोजनकालागि आवश्यक रहेकोले हामीले निवेदन पेश गरिएको जनमत पार्टी डाक्नेश्वरी नगरपालिकाको अध्यक्ष जय प्रकाश मण्डलले बताए ।

आयोजना कार्यान्वयन गर्न अपनाईएको विधि र लाभान्वित जनसंख्याको स्पष्ट विवरण समेत मागँ गरेको निवेदनमा उल्लेख छ । वडाहरुमा भएको आयोजनाका लागत खर्च, आयोजना कार्यन्वयन गरिएको बिधि, सामाजिक विकास खर्च, पूर्वाधार विकास खर्च, वन वातावरण तथा विपद व्यवस्थापन खर्च, सुशासन तथा संस्थागत विकास खर्च सहित सम्पूर्ण विवरणको सूचना उपलब्ध गराउन निवेदनमा लेखिएको छ ।

“नगरपालिकाको आन्तरिक आय श्रोतमा रहेको पोखरी ठेक्काहरुको विवरण, नगरपालिका अन्तर्गत निहित रहेको ऐलानी, सरकारी गौचर जग्गा को वडा स्तरीय विवरण समेत हामीले माँग गरेको” सोही नगरपालिकाका जनमत पार्टीका सचिव पञ्चलाल मण्डल (मधेशी) ले भने– “आर्थिक वर्ष २०७५/०७६ मा तयार पारेको नगरपालिकाको प्रोफाइल, नगरपालिकाको गुरुयोजना र डिपिआरको सम्पूर्ण विवरण सहितको सुचना माँग गरेका छौं ।”

आर्थिक वर्ष २०७८/०७९ को अनुमानित खर्च सहित आयोजनाहरुको नाम समेत उनिहरुले मागँ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]