२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनमत पार्टीले डाक्नेश्वरी नगरपालिकामा सुचना माग गर्दै निवेदन दर्ता

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

कमल कुमार मण्डल
सप्तरी, ३० असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयमा जनमत पार्टीले विभिन्न शिर्षकमा सुचना तथा विवरणको प्रतिलिपि माँग गर्दै आज (बुधवार) निवेदन पेश गरिएको छ ।

आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ मा नगरपालिकामा भएको विभिन्न कार्यक्रम तथा योजनाको आयोजनाहरुको नाम सहित सञ्चालन हुने स्थानको विवरण, खर्च रकमको श्रोत सहित सुचना तथा विवरणको प्रतिलिपि अध्ययन प्रयोजनकालागि आवश्यक रहेकोले हामीले निवेदन पेश गरिएको जनमत पार्टी डाक्नेश्वरी नगरपालिकाको अध्यक्ष जय प्रकाश मण्डलले बताए ।

आयोजना कार्यान्वयन गर्न अपनाईएको विधि र लाभान्वित जनसंख्याको स्पष्ट विवरण समेत मागँ गरेको निवेदनमा उल्लेख छ । वडाहरुमा भएको आयोजनाका लागत खर्च, आयोजना कार्यन्वयन गरिएको बिधि, सामाजिक विकास खर्च, पूर्वाधार विकास खर्च, वन वातावरण तथा विपद व्यवस्थापन खर्च, सुशासन तथा संस्थागत विकास खर्च सहित सम्पूर्ण विवरणको सूचना उपलब्ध गराउन निवेदनमा लेखिएको छ ।

“नगरपालिकाको आन्तरिक आय श्रोतमा रहेको पोखरी ठेक्काहरुको विवरण, नगरपालिका अन्तर्गत निहित रहेको ऐलानी, सरकारी गौचर जग्गा को वडा स्तरीय विवरण समेत हामीले माँग गरेको” सोही नगरपालिकाका जनमत पार्टीका सचिव पञ्चलाल मण्डल (मधेशी) ले भने– “आर्थिक वर्ष २०७५/०७६ मा तयार पारेको नगरपालिकाको प्रोफाइल, नगरपालिकाको गुरुयोजना र डिपिआरको सम्पूर्ण विवरण सहितको सुचना माँग गरेका छौं ।”

आर्थिक वर्ष २०७८/०७९ को अनुमानित खर्च सहित आयोजनाहरुको नाम समेत उनिहरुले मागँ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]