०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारीहरु रिहा हुनु राम्रो संकेत होइन : केपी ओली

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१ श्रावण। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो ।

“भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा रहेका मोहम्मद अफ्ताव आलम आतंकले देखाइसकेको छु, उहाँले देउवा नेतृत्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भन्नुभयो, “यातायातको भाडा वृद्धि पनि एउटा अर्को उदाहरण हो ।”

त्यस्तै ओलीले एमालेले कांग्रेस–माओवादीले जसरी झुटो पनि नबोल्ने दाबी गर्दै सरकारलाई राष्ट्रघाती काम र जनहितविरुद्धका गतिविधि नगर्ने बताउनुभयो । ओलीले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]