१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

माधव नेपालले देउवा र ओलीलाई रनभुल्लमा पारे

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ श्रावण । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पुर्‍याउने प्रमुख पात्र हुन्, एमालेका नेता माधवकुमार नेपाल । उनले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई मुलुकको चावी सुम्पिने कार्यमा अग्रणी भूमिका खेले ।

अल्पमतको विपक्षी दल कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफूसहित आफ्नो समूहका २३ सांसदको हस्ताक्षर राष्ट्रपति र सर्वाेच्च अदालतमा बुझाए । सोही कारण देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

नेपाल समूहको काँध चढेर सत्ताको कुर्सीमा बसेका देउवा र नेपाल समूहले काँध छाडिदिएपछि सत्ताच्यूत भएर बालुवाटारबाट बालकोट पुगेका ओली अहिले उनै नेता नेपालको व्यवहारले रनभुल्लमा पर्न थालेका छन् ।

देउवा प्रधानमन्त्री हुनै लाग्दा संस्थापन ओली समूहसँग १० बुँदे सहमति गरेको नेपाल समूह अहिले पार्टी एकताको पक्षमा हो कि विपक्षी गठबन्धनमा हो भन्ने स्पष्ट पार्न सकेका छैनन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि बसेको गठबन्धन बैठकमा नेता नेपालले अब आफूहरु गठबन्धनबाट बाहिरिएको र पार्टी एकतामा लाग्ने बताए ।

यसले देउवालाई विश्वासको मत नेपाल समूहबाट पाउने कि नपाउने भन्नेमा शंका उत्पन्न गरायो । यता नेपाल समूह पार्टी एकता फर्किएको बुझेको एमाले संस्थापन ओली समूह पार्टीको बैठकमा नेपाल समूहका नेताहरु सहभागी नभएपछि रनभुल्लमा परेको छ ।

गठबन्धनबाट बाहिरिएको बताएको नेपाल समूह पार्टीको बैठकमा सहभागी नभएको र देउवा सरकारलाई विश्वासको मत दिने बताइरहेपछि संस्थापन ओली समूहलाई रनभुल्लमा पारेको हो ।

पार्टी एकतामा फर्किएको बताएको नेपाल समूह आफ्नो पार्टीको बैठकमा सहभागी नभएको र १० बुँदे सहमति पनि गरेपछि देउवा पनि अलमलमा परेका छन् ।

एकैपटक प्रधानमन्त्री देउवा र आफ्नो अध्यक्ष ओलीलाई रनभुल्लमा परेको नेपाल समूहले आफ्नो आगामी यात्राबारे स्पष्ट नपार्दा आफ्नै कार्यकर्ता अलमलमा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]