२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सुनसरीमा कटुवा पेस्तोलसहित दुई पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,२ श्रावण । सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको थियो ।

सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

आज पक्राउ परेकाको विषयमा हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ बाट आज लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी १९ वर्षीय नसरुद्दिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोप्य सूचनाका अधारमा गएको प्रहरीको टोलीले मियाँले चलाई ल्याएको को१ह ७८९७ नंको सिटीसफारीलाई चेकजाँच गर्दा लगुऔषध बरामद भएको थियो ।

मियाँका साथबाट प्रहरीले १९ बोतल डाइलक्स डिसी, नाइट्रोजन १० लेखिएको २०० पत्ता ट्याबलेट बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]