१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

धनुषामा फेरि एक नावालिक माथी सामुहिक बलात्कार

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

जीतेन्द्र कुमार राम,जनकपुरधाम ।धनुषाको सवैला नगरपालिकामा झुन्डिएर मृत्यु भएको नावालिक केटिको घटना सेलाउन नसकेको बेला झन एक नावालिक केटिको सामुहिक बलात्कार भएको छ।

जिल्लाको सवैला नगरपालिका ८ मा गएराती एक नावालिक केटि सामुहिक बलात्कारको सिकार भएकी छिन भने सोमबार राती नपाकै वडा १ मा एक केटिको झुन्डिएर मृत्यु भएको थियो।

बलात्कार हुनेमा सवैला नपा ८ कि सत्यनारायण रायको १४ बर्षिय छोरी रहेकी छिन।अबेर राती घरमै सुतिरहेकी पिडितलाई घरको ढोका खोलेर करिब घरभन्दा पाँच सय मिटर पर गढी फुलबारीमा लगेर बलात्कार गरेको सवैला प्रहरीले जनाएको छ।

बयानमा बुबा सत्यनारायण रायले आफू घरको अर्को कोठामा सुतिरहेको समय उनलाइ गाउकै करिब ३७ बर्षिय मतिबुल राइन र अनुमानित बर्ष ३० को मदिक राइनले बलात्कार गरेको प्रहरीलाई जनाइएको छ।

बलात्कार पश्चात् मध्यराती घरमा १ बजे पीडितलाई छोडेर भागेपछि आरोपितहरुलाइ खोजी गरिदै जाँदा एउटै मोटरसाइकलमा ३ जना भाग्दै गर्दा सवैलाको नहरबाट स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको सवैला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् ।

आरोपितहरुलाइ ईलाका प्रहरी कार्यालय सबैलामा राखिएको छ भने पीडितलाई स्वास्थ परिक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]